इलाम : इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको देउमाई नगरपालिका–१, चमैता बजारमा आज (सोमबार) बिहान करिब ६ः३० बजेतिर यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरोमा उनै दियाली मात्रै रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post