इटहरी : कार्यकक्षमै सहकर्मी महिला इन्जिनियरमाथि कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि गत भदौ २५ गते कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका चौधरी घटनापछि फरार थिए । उनलाई आफन्तकोमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार लामो समयदेखि खोजी गरिएका चौधरीलाई इटहरीबाट पक्राउ गरिएको हो ।
आर्थिक विषयमा आफ्नो नाम जोडिएको भन्दै अधिकारीले विरोध जनाएपछि दुवैबीच विवाद भएको र सोही क्रममा चौधरीले आफूमाथि कुटपिट गरेको आरोप छ ।
घटनाबारे पीडित अधिकारीले भदौ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा प्रमाणसहित किटानी जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।
















Discussion about this post