इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्कीलाई २०८३ साल असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।
तालिम केन्द्रको प्रबन्ध शाखाको जिम्मेवारीमा रहेका कार्कीले हातहतियार तथा गोलीगठ्ठाको जिन्सी अभिलेख व्यवस्थित गर्न र कार्यालयमा लामो समयदेखि रहेका सवारीसाधन तथा प्रयोग गर्न नमिल्ने पुराना सामग्री लिलाम बिक्री गर्ने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रहरीका अनुसार स्वामित्व नखुलेका सवारीसाधन र प्रयोग गर्न नमिल्ने पुराना जिन्सी सामग्री लिलाम बिक्री गरी कार्कीले कुल दुई लाख पाँच हजार रुपैयाँ राजस्व सङ्कलन हुने प्रक्रियागत कार्य सम्पन्न गरेका थिए ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठताका साथ कार्यालय व्यवस्थापनमा योगदान पुर्याएको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी सङ्गठनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीको योगदानको उच्च मूल्याङ्कन गर्दै कार्कीलाई उक्त उपाधि प्रदान गरिएको हो ।
















Discussion about this post