विराटनगर : विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेल रहेका छन् ।
विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योगनजिक बुधबार मध्यरातमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा विराटनगर–१ निवासी २५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए ।
वडा प्रहरी कार्यालय विराटनगरका अनुसार उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पोखरेल जन्मदिन मनाएर घर फर्कने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
विद्यार्थी राजनीतिमा सक्रिय पोखरेल जिपी कोइराला फाउन्डेसन मोरङको युवा कार्यदलका अध्यक्षसमेत रहिसकेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post