इटहरी : सुनसरीको देवानगञ्जमा भन्सार छली ल्याउँदै गरेको ९८ हजार रुपैयाँ बराबरका इलेक्ट्रोनिक्स तथा भान्साका सामान प्रहरीले बरामद गरेको छ ।
देवानगञ्ज गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा बिहीबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि सामान फालेर फरार भएका हुन् ।
इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले बिहान ९ बजे उक्त सामान बरामद गरेको हो । मोटरसाइकलको नम्बर नखुलेको प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ । फरार चालक र मोटरसाइकलको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post