Friday, October 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

मनाेज अधिकारी by मनाेज अधिकारी
कार्तिक १३, २०८३
in FEATURE BREAKING, समाचार
0
जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध
53
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : सुनसरीको रामधुनी नगरपालिका–६ स्थित तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय जाने मुख्य बाटो बन्द भएपछि करिब ५ सय विद्यार्थी, शिक्षक तथा अभिभावकहरू मर्कामा परेका छन्। लामो समयदेखि निर्बाध रूपमा प्रयोग हुँदै आएको बाटोमा तारबार लगाएर अवरोध सिर्जना गरिएपछि विद्यालयको पठनपाठन नै प्रभावित भएको छ।

विद्यालयका प्रधानाध्यापक सुनील तिम्सिनाका अनुसार, करिब १९ वर्षअघि जग्गा खरिद–बिक्रीका क्रममा विद्यालय तथा बालबालिकाको आवागमनका लागि १६ फिट चौडाइको पहुँच मार्ग छुट्याइएको थियो। २०६३ सालमा स्थापित यस विद्यालयमा त्यसयता विद्यालय, विद्यार्थी, शिक्षक तथा स्थानीयको सहमतिमा उक्त बाटो सार्वजनिक रूपमा प्रयोग हुँदै आएको थियो।

आफ्नै सवारीसाधनसमेत रहेको उक्त विद्यालयमा मान्छे हिँड्नका लागि साँघुरो ठाउँ छाडिए पनि यातायातको आवागमन भने ठप्प भएको छ ।

तर हाल नापी नक्सामा बाटोको अभिलेख नरहेको दाबी गर्दै स्थानीय राजकुमार पौडेल र ध्रुव पौडेलले बाटोमा तारबार लगाएर आवागमन पूर्ण रूपमा बन्द गरिदिएका छन्। रोचक पक्ष त यो छ कि बाटो बन्द गर्ने परिवारकै सदस्य अर्थात् बुबा भीमबहादुर पौडेल स्वयं विद्यालय स्थापनाकालका संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिका पूर्वपदाधिकारी हुन् । परिवारको एक कठ्ठा जग्गाको केही भाग बाटोमा परेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै उनका छोराहरूले बाटोमा तारबार लगाएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य जमुना देवी पौडेलले लामो समयदेखि चल्दै आएको बाटो अचानक बन्द हुँदा आपत्कालीन अवस्थामा बिरामी विद्यार्थी वा शिक्षकलाई अस्पताल लैजान तथा विद्यालयमा गाडीहरू आवतजावत गर्नसमेत कठिन भएको बताइन् ।

त्यस्तै, स्थानीय सुशीला खड्काले २०६३ सालको एक दुःखद घटनापछि बालबालिकाको शिक्षार्थ सामूहिक सहमतिमै विद्यालय स्थापना गरिएको स्मरण गर्दै अहिले आएर बाटो बन्द गरिनु दुर्भाग्यपूर्ण भएको बताइन्। विद्यालयजस्तो संवेदनशील क्षेत्रको एक्लो पहुँच मार्ग अवरुद्ध हुँदा बालबालिकाको सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्ने मौलिक हकमा समेत गम्भीर ठेस पुगेको छ।

घटनापछि विद्यालय व्यवस्थापन समितिले शान्ति सुरक्षा कायम गर्न र अवरोध हटाउन माग गर्दै वडा कार्यालय, रामधुनी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा औपचारिक उजुरी दर्ता गराएको छ ।

यस विषयमा रामधुनी नगरपालिकाका सूचना अधिकृत सुमन पौडेल भने आफूलाई आधिकारिक रूपमा यसबारे केही जानकारी नभएको तर समाचार माध्यममार्फत सुनेको बताएका छन् ।

प्रधानाध्यापक तिम्सिनाले तत्काल छानबिन गरी बाटोमा लगाइएको तारबार हटाइयोस् र दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरियोस् भनी जोडदार माग गरेका छन् । बाटोको स्वामित्व तथा सीमासम्बन्धी विवादको कानुनी निरूपण गर्दै विद्यार्थीको भविष्य र सार्वजनिक आवागमनको अधिकार छिटोभन्दा छिटो सुनिश्चित गर्न स्थानीय सरोकारवाला निकायहरूसँग आग्रह गरिएको छ ।

यसबारे रामधुनी ६ का वडाध्यक्ष शिवशङ्कर राजधामी विद्यालयले नगरपालिकामा रहेको न्यायिक समितिमा निवेदन दिइसकेकाले दुवै पक्षलाई छलफलमा बोलाई कानुनअनुसार निरूपण गरिने बताए ।

Tags: तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय
मनाेज अधिकारी

मनाेज अधिकारी

Related Posts

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ
समाचार

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४...

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन
समाचार

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

by माधव पोख्रेल
कार्तिक १२, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारस्थित झण्डाचोकमा बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ५ः३५...

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३
पहेँलपुर धान

पहेँलपुर धान

कार्तिक १२, २०८३
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

कार्तिक १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    349 shares
    Share 140 Tweet 87
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.