Monday, November 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

रासस by रासस
कार्तिक १६, २०८३
in विविध, समाचार
0
सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी
52
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् ।

सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार लगानीमा च्याउ खेती सुरु गरेका हुन् ।

विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गर्नुभएको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।

च्याउ खेती सुरु गरेको वर्षमा घाटा व्यहोर्नुपरे पनि पछिल्लो समय आम्दानी बढ्दै गएको गुप्ताले बताए । अहिले करिब छ कट्ठा क्षेत्रफलमा छ वटा टनेल निर्माण गरी च्याउ खेती गर्दै आएका उनको फार्ममा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ ।

वार्षिक रूपमा ३० टन बढी च्याउ उत्पादन गरी बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए । उत्पादित च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा र आसपासका स्थानीय बजारमा बिक्री हुने गरेको छ । च्याउ बिक्रीका लागि बजारको अभाव नरहेको उहाँको भनाइ छ ।

हाल च्याउ प्रतिकिलो रु १८० देखि रु १९० सम्म बिक्री हुने गरेको छ भने फार्मबाट खरिद गर्ने व्यापारीले भने केही सस्तोमा लैजाने गरेका छन् ।

गुप्ताले भने, “गत वर्षको तुलनामा यस वर्ष च्याउको मूल्य घटेको छ ।” गर्मी मौसमको तुलनामा जाडोयामका मङ्सिर, पुस र माघ महिनामा च्याउको मूल्य राम्रो हुने भएकाले प्रतिकिलो रु २२० सम्म हुने गरेको उनले जानकारी दिए ।

“विदेशमा धेरै मिहिनेत गर्दा पनि कमाइले खर्च धान्न कठिन हुन्थ्यो”, उनले भने । स्वदेशमै व्यवसाय गर्दा आफूले आम्दानी गर्नुका साथै अरूलाई पनि रोजगारी दिन सकेकाले सन्तुष्टि मिलेको उनी सुनाउँछन् ।

अहिले उनको फार्ममा छ जना कामदार कार्यरत छन् भने परिवारका सदस्यले पनि च्याउ खेतीमा सहयोग गर्दै आएका छन् । च्याउ टिप्ने, व्यवस्थापन गर्ने र बजारसम्म पुर्‍याउने काम परिवारका सदस्य मिलेर गर्ने गरेको उनले बताए ।

“च्याउखेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन”, गुप्ताले भने, “थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।” चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न योग्य हुन्छ । वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उनले जानकारी दिए ।

सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या भोग्नुपरे पनि अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको गुप्ताले बताउनुभयो । सुरुका दिनमा च्याउखेतीसम्बन्धी जानकारी कम भए पनि अहिले अनुभव र सीप बढ्दै जाँदा व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै आम्दानी पनि बढेको उनको भनाइ छ ।

खेतीका लागि विशेषगरी पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । खेतीमा कुनै पनि विषादी प्रयोग नगरी च्याउ उत्पादन गरिने भएकाले अर्ग्यानिक च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।

गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख र बराहक्षेत्र नगरपालिकाबाट रु ९० हजार अनुदान प्राप्त गरेका थिए । त्यसैगरी, नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर, सफारी, टनेललगायत खेतीका लागि आवश्यक सामग्री प्राप्त भएपछि खेती गर्न थप सहज भएको उनले बताए ।

“थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, गुप्ताले भने, “युवा वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने छैन गाउँमै थोरै लगानीमा व्यवसाय सञ्चालन गरेर पनि जीवन चलाउन सकिन्छ ।”

Tags: #सुनसरीउद्यमच्याउ खेती
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा
विविध

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

विराटनगर : रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र जवाफदेही बनाउन मोरङ प्रशासनले समयसीमादेखि कर्मचारीको श्रम अधिकार र ग्राहक सुरक्षासम्म समेटिएको नयाँ...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–४...

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३
भोजपुरमा समयमा फूल फुलेन, माग उच्च

स्वदेशी फूललाई प्राथमिकता, अवैध आयात रोक्न झापा प्रशासनको निर्देशन

कार्तिक १६, २०८३
धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    372 shares
    Share 149 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.