Monday, November 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत
53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : संघीय सरकारमा सत्ता समीकरण फेरिएसँगै प्रदेश प्रमुख परिवर्तन हुने राजनीतिक अभ्यासबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले पाँच वर्षको कार्यकाल पूरा गर्न लागेका छन् । २०७८ कात्तिक २३ गते नियुक्त भएका खापुङले यही कात्तिक २४ गते पदबाट बिदा लिँदैछन् ।

संघीयतापछि प्रदेश प्रमुखको पद राजनीतिक भागबन्डा र सत्ता समीकरणको प्रभावमा पर्दै आएको छ । तर, नियुक्तिदेखि बिदाइसम्म एउटै पदमा निरन्तर रहनु खापुङको कार्यकालको मुख्य विशेषता बनेको छ । उनी संविधानले व्यवस्था गरेको पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बनेका छन् ।

उनको पाँच वर्षे कार्यकालमा केन्द्रमा तीन जना प्रधानमन्त्री फेरिए भने कोशी प्रदेशमा छ जना मुख्यमन्त्री बने । शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्कीले फरकफरक समयमा प्रदेश सरकारको नेतृत्व गरे । तर, प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै प्रदेश प्रमुख फेरिने विगतको राजनीतिक अभ्यास यसपटक दोहोरिएन ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनता समाजवादी पार्टी नेपालको सिफारिसमा खापुङलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । नियुक्तिका बेला राजनीतिक समीकरण परिवर्तन हुँदा पदमुक्त हुनुपर्ने सम्भावना उनले पनि आकलन गरेका थिए । निकटस्थहरूसँग ‘फिर्ता नबोलाएसम्म काम गर्ने हो’ भन्ने गरेका खापुङ अन्ततः पाँच वर्षसम्म जिम्मेवारीमा रहे ।

उनको कार्यकाल राजनीतिक र संवैधानिक दृष्टिले भने चुनौतीरहित थिएन । प्रदेशको नामकरणका क्रममा भएको आन्दोलनदेखि सरकार गठन र विघटनसम्मका घटनामा प्रदेश प्रमुखको संवैधानिक भूमिका महत्त्वपूर्ण रह्यो ।

विशेषगरी उद्धव थापा नेतृत्वको सरकार गठनका क्रममा सभामुख बाबुराम गौतमको हस्ताक्षरसमेत प्रयोग भएपछि विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले २०८० साउन ११ गते उक्त नियुक्ति प्रक्रिया असंवैधानिक ठहर गरेपछि प्रदेशमा पुनः सरकार गठनको प्रक्रिया अघि बढेको थियो ।

त्यस्तै, केदार कार्कीलाई पदमुक्त गरी हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि पनि विवाद उत्पन्न भयो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २०८१ असार १७ गते उनको रिट खारेज गरिदिएको थियो ।

यी घटनाले प्रदेश प्रमुखको संवैधानिक भूमिका र निर्णय प्रक्रियालाई पटकपटक परीक्षण गरे पनि खापुङको कार्यकालमा संस्थागत संकटको अवस्था सिर्जना नभएको राजनीतिक दलका नेताहरूको भनाइ छ ।

संविधानको धारा १६३ देखि १७४ सम्म प्रदेश प्रमुखको नियुक्ति, योग्यता, काम, कर्तव्य, अधिकार र पदावधिको व्यवस्था गरिएको छ । संविधानले पाँच वर्षको पदावधि तोके पनि राजनीतिक परिवर्तनसँगै प्रदेश प्रमुख फेरिने अभ्यासले यो पदको संस्थागत स्वतन्त्रतामाथि प्रश्न उठाउँदै आएको थियो ।

संघीयता कार्यान्वयन भएयता कोशी प्रदेशमा गोविन्दबहादुर तुम्बाहाङ, सोमनाथ अधिकारी ‘प्यासी’ र परशुराम खापुङ गरी तीन जना प्रदेश प्रमुख भए । अन्य प्रदेशमा भने विभिन्न समयमा प्रदेश प्रमुख परिवर्तन हुँदै आएका छन् ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा २००९ सालमा जन्मिएका खापुङको राजनीतिक यात्रा पञ्चायती व्यवस्थाबाट सुरु भएको थियो । उनी २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । २०४६ सालको जनआन्दोलनका बेला खानेपानी सहायक मन्त्री बनेका उनी पछि वामपन्थी राजनीतिमा सक्रिय हुँदै जसपासँग आबद्ध भएका थिए ।

पाँच वर्षको कार्यकाल पूरा गरेर बिदा हुन लागेका खापुङको कार्यकालले प्रदेश प्रमुखको पद राजनीतिक नियुक्ति भए पनि यसको पदावधि र संवैधानिक निरन्तरता राजनीतिक परिस्थितिभन्दा माथि राख्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।

Tags: काेशी प्रदेशकोसी प्रदेशटाकुरा विशेषपर्शुराम खापुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा
विविध

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

विराटनगर : रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र जवाफदेही बनाउन मोरङ प्रशासनले समयसीमादेखि कर्मचारीको श्रम अधिकार र ग्राहक सुरक्षासम्म समेटिएको नयाँ...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–४...

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३
सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

कार्तिक १६, २०८३
भोजपुरमा समयमा फूल फुलेन, माग उच्च

स्वदेशी फूललाई प्राथमिकता, अवैध आयात रोक्न झापा प्रशासनको निर्देशन

कार्तिक १६, २०८३
धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    372 shares
    Share 149 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन