इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट उदयपुरको बेलका नगरपालिका–४ का नवीन राई र सुनील राई पक्राउ परेका छन् । उनीहरूको साथबाट १७ ग्राम ३५ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ बाट सोही स्थानका दीपक खवास १९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
यसैगरी, झापाको शिवसताक्षी नगरपालिका–९ यलम्बर चोकबाट बादल भन्ने हेन्जिङ जबेगूलाई एक ग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post