जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविक गाईघाट र देउरी क्षेत्रमा बसोबास गर्दै आएका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
लालपुर्जा प्राप्त गर्नेमा २२ भूमिहीन दलित र ५ भूमिहीन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व नपाएका परिवार लालपुर्जा प्राप्त गरेसँगै जग्गाधनी बनेका छन्।
समितिका अनुसार ती परिवार करिब २० वर्षदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका थिए।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारी नीतिअनुसार लालपुर्जा वितरण गरिएको हो। जग्गाको स्वामित्व सुनिश्चित गर्दै भूमिहीन परिवारलाई कानुनी रूपमा जग्गाधनी बनाउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ।















Discussion about this post