Friday, November 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

माधव पोख्रेल by माधव पोख्रेल
कार्तिक २०, २०८३
in समाचार
0
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा
50
SHARES
Share on FacebookShare on Twitter
उदयपुर : उदयपुरका तीन स्थानीय तहले दुई दिनमा ९३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेका छन्।

शुक्रबार कटारी नगरपालिका र रौतामाई गाउँपालिकाले लालपुर्जा वितरण गरेका छन् भने बिहीबार त्रियुगा नगरपालिकाले लालपुर्जा वितरण गरेको हो।

कटारी नगरपालिका–१ बेलस्रोतका १० परिवार र रौतामाई गाउँपालिका–७ मुर्कुचीका ५६ परिवारलाई शुक्रबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। त्यसैगरी बिहीबार त्रियुगा नगरपालिका–५ का २७ परिवारले लालपुर्जा प्राप्त गरेका छन्।

कटारी नगरपालिका–१ बेलस्रोतमा आयोजित कार्यक्रममा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले १० भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरे। कार्यक्रममा बेलस्रोतका भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाको स्वामित्व प्रदान गरिएको हो।

लालपुर्जा वितरण गर्दै नगरप्रमुख श्रेष्ठले आगामी दिनमा कटारी नगरपालिकाका अन्य वडामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने योजना रहेको बताए।

त्यसैगरी रौतामाई गाउँपालिका–७ मुर्कुची बजारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले ५६ परिवारलाई लालपुर्जा वितरण गरेका थिए। उनले लामो समयको प्रयासपछि सुकुम्बासी परिवारले जग्गाको स्वामित्व प्राप्त गरेको भन्दै यसले उनीहरूको जीवनमा खुसी थप्ने बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

यसैगरी त्रियुगा नगरपालिकाको आयोजना तथा जिल्ला भूमि समस्या समाधान समिति उदयपुरको समन्वयमा बिहीबार २७ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। नगरप्रमुख वसन्तकुमार बस्नेतको अध्यक्षता तथा उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पारसमणि गेलालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो।

दुई दिनमा तीन स्थानीय तहका ९३ परिवारले जग्गाको कानुनी स्वामित्व प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा रहेका परिवारलाई ठूलो राहत मिलेको छ।

Tags: लालपूर्जा
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल
समाचार

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०८३
0

विराटनगर : विकास निर्माणका आयोजना समयमा सम्पन्न नहुने, ढिलासुस्ती हुने र निर्माण व्यवसायीले योजना अलपत्र पार्ने प्रवृत्ति बढिरहेका बेला मोरङको...

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद
समाचार

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

by माधव पोख्रेल
कार्तिक २०, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय...

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

कार्तिक २०, २०८३
मन्त्री साहकै निर्वाचन क्षेत्रमा मलको हाहाकार, टायर बालेर सडकमा उत्रिए किसान

मन्त्री साहकै निर्वाचन क्षेत्रमा मलको हाहाकार, टायर बालेर सडकमा उत्रिए किसान

कार्तिक २०, २०८३
सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

कार्तिक २०, २०८३
उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

कार्तिक २०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    379 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    303 shares
    Share 121 Tweet 76
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.