Wednesday, November 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ८, २०८३
in विविध, समाचार
0
प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका
54
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् ।

बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उनले पुर्खादेखि गर्दै आएको पेसा छाडेका छैनन् । आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताए ।

पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उनको अनुभव छ । “पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय र मेहनत लाग्थ्यो । अहिले मेसिन ल्याएपछि माटोको सामग्री बनाउन सजिलो भएको छ यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ”, पण्डितले भने ।

माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउने गरिएको छ । वर्षभरि नै सामान्य सामग्री बिक्री हुने भए पनि चाडपर्व तिहार र छठका बेला माग बढी हुने गरेकाले बिक्री पनि धेरै हुने गरेको पण्डितले बताए ।

“हेर्दा सजिलोजस्तो देखिए पनि माटाका सामग्री बनाउन मेहनत चाहिन्छ । सुरुमा माटो ल्याउनुपर्छ । त्यसपछि पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले विभिन्न आकार दिने, घाममा सुकाउने, रङ लगाउने र भट्टीमा पोलेपछि मात्रै बिक्रीका लागि तयार हुन्छ”, उनले भने ।

सुनसरीको चिमडीबाट माटो ल्याउने गरिए पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताए ।

माटो ढुवानीका लागि ट्र्याक्टरमा रु १० हजारदेखि रु १५ हजारसम्म र टिपरमा ल्याउँदा रु २० हजारसम्म खर्च हुने गरेको उनको भनाइ छ । एक गाडी माटोबाट करिब रु एक लाख ५० हजार मूल्य बराबरका सामग्री बनाउन सकिने पण्डितले जानकारी दिए ।

तिहार र छठ पर्वका समयमा मात्रै रु एक लाखदेखि रु दुई लाखसम्मका सामग्री बिक्री हुने गरेको उनले जानकारी दिए ।

“यो हाम्रो पुर्ख्यौली पेसा हो । आम्दानीको स्रोत पनि यही हो । वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । अरू पेसा छैन । वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छ र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ । खानलाउन परिवारलाई पुगेकै छ”, पण्डितले भने ।

आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न सकिने र परिवारसँगै बस्न पाइने उनी बताउँछन् । स्वदेशमै आफ्नै व्यवसाय भए विदेश जानुपर्ने बाध्यता नहुने उनको भनाइ छ ।

पण्डितले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन । घर नजिकै बिहीबारे हाटबजारका कारण ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । त्यसैले बिक्रीका लागि बजारको समस्या छैन ।

माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ । अहिले केहीले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् ।

“बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई मैले निरन्तरता दिएको हुँ । यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु । आफ्नो पुर्ख्यौली पेसा जोगाउन पाउँदा खुसी छु”, पण्डितले भने ।

Tags: #सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ३६४ जना किसानलाई भोगाधिकारसहितको जग्गाधनी प्रमाणपुर्जा वितरण...

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०७९ देखि हालसम्म चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण...

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

विद्युतीय तार तोड्दै हात्तीको प्रवेश

मंसिर ८, २०८३
तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

मंसिर ८, २०८३
चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

मंसिर ८, २०८३
प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1120 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.