इटहरीमा आज थप ४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
असोज १६ र १७ गते गरिएको स्वाब संकलन मध्ये थप ४६ जनामा कोरोना पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
संक्रमित हुनेहरुमा इटहरी १ का ४१ वर्षीय पुरुष र ६५ वर्षीया महिला, इटहरी २ का ५० वर्षीय पुरुष, इटहरी ४ का ३८, ६४ वर्षीय पुरुष र १७, ७० वर्षीया महिला, इटहरी ५ का ३७, ५५, ८५ वर्षीय पुरुष र १, २०, २७, २८, ३०, ३३, ४२, ५० वर्षीया महिला, इटहरी ६ का २७, ४९ वर्षीय पुरुष र ५० वर्षीया महिला, इटहरी ७ का ३१ वर्षीय पुरुष २९, ३६ वर्षीया महिला, इटहरी ९ का २४, ३१, ४९ वर्षीय पुरुष र ४९ वर्षीया महिला रहेका छन् ।
यस्तै, इटहरी १० का ३५ वर्षीया महिला, इटहरी ११ का ३५ वर्षीय पुरुष, इटहरी १३ का ३९ वर्षीया महिला, इटहरी १७ का ३२ वर्षीया महिला, इटहरी २० का १४, ६२ वर्षीय पुरुष र ६० वर्षीया महिला, शशस्त्र प्रहरी बल पकलीका ३६ वर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका २८ वर्षीय पुरुष, ३० वर्षीया महिला र थुनुवा मध्ये १६, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, विभिन्न अस्पतालमा सेल्फ परीक्षण गराएका इटहरी १ का ३५ वर्षीय पुरुष, इटहरी ५ का ८९ वर्षीय पुरुष, इटहरी १२ का ४२ वर्षीय पुरुष, इटहरी १३ का ३३ वर्षीय दुई जना पुरुष रहेका छन् ।
यो सँगै हालसम्म इटहरीमा संक्रमण पुष्टि भएकाको कुल संख्या ६ सय १२ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।














Discussion about this post