Saturday, November 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

अर्जुन उप्रेती by अर्जुन उप्रेती
मंसिर १२, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, पर्यावरण, समाचार
0
हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट
49
SHARES
Share on FacebookShare on Twitter

विश्वको सर्वोच्च शिखर सगरमाथा र यसको आसपासको खुम्बु क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता र साहसिक पर्यटनका लागि विश्वभर प्रसिद्ध छ । तर बढ्दो पर्यटक आगमनसँगै यस क्षेत्रमा प्लास्टिकका बोतल, टिनका डब्बा, खानेकुराका प्याकेट तथा अन्य फोहोरको मात्रा पनि बढ्दै गएको छ ।

हिमाली क्षेत्रमा फोहोर संकलन, वर्गीकरण, प्रशोधन र उचित व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यही चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यसहित अघि बढेको एउटा महत्त्वपूर्ण अभियान हो– सगरमाथा नेक्स्ट (Sagarmatha Next) ।

सगरमाथा नेक्स्टले पर्यटन, दिगोपना र वातावरण संरक्षणलाई एकसाथ जोड्दै हिमाली क्षेत्रको फोहोर व्यवस्थापनमा नवीन सोच र व्यावहारिक समाधान प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । फोहोरलाई समस्याका रूपमा मात्र नभई पुनः प्रयोग गर्न सकिने स्रोतका रूपमा हेर्ने यसको अवधारणा वातावरण संरक्षणको क्षेत्रमा उदाहरणीय बन्दै गएको छ ।

पृष्ठभूमि

सगरमाथा नेक्स्ट हिमालयन म्युजियम एन्ड सस्टेनेबिलिटी पार्क (Himalayan Museum and Sustainability Park–HSMP) को पहिलो परियोजना हो । यो गैरनाफामूलक संस्थाका रूपमा अघि बढाइएको पहल हो । सोलुखुम्बुको स्याङ्बोचेमा, नाम्चे बजार नजिकै र सगरमाथा आधार शिविर जाने पदमार्गमा समुद्री सतहबाट करिब ३ हजार ७७५ मिटर उचाइमा यसको केन्द्र स्थापना गरिएको छ ।

यस परियोजनाको योजना तथा निर्माण प्रक्रिया करिब सात वर्षसम्म चलेको थियो । सन् २०१७ देखि २०२१ सम्म विभिन्न चरणमा निर्माण कार्य सम्पन्न गरी सन् २०२२ मे महिनामा केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

निर्माणमा स्थानीय सामग्रीको प्रयोगसँगै पर्वतारोहणका क्रममा प्रयोग भएका पुराना डोरी, कपडा, अक्सिजन सिलिन्डर र टेन्टजस्ता सामग्रीलाई समेत कला तथा निर्माण सामग्रीका रूपमा पुनः प्रयोग गरिएको थियो ।

खुम्बु क्षेत्रमा पर्यटनको विस्तारसँगै बढ्दै गएको वातावरणीय दबाबलाई कम गर्ने र स्थानीय समुदायलाई दिगो फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य यस परियोजनाको सुरुवातको मुख्य आधार हो ।

सगरमाथा नेक्स्टले आफ्नो उद्देश्य पूरा गर्न मुख्यतः तीनवटा क्षेत्रमा काम गर्दै आएको छ ।

१. फोहोरबाट कला तथा उपयोगी सामग्री निर्माण

यस संस्थाले खुम्बु क्षेत्रमा संकलन गरिएका प्लास्टिक, धातु, पुराना डोरी, टेन्ट र अन्य प्रयोगविहीन सामग्रीबाट आकर्षक कलाकृति तथा उपयोगी सामग्री निर्माण गर्ने काम गर्छ ।

यसलाई Waste to Art र Waste to Product अभियानका रूपमा अघि बढाइएको छ । यसले फोहोर पनि उचित सीप र प्रविधिको प्रयोगबाट मूल्यवान् वस्तुमा परिणत हुन सक्छ भन्ने सन्देश दिएको छ ।

२. दिगो फोहोर व्यवस्थापन योजना

सगरमाथा नेक्स्टले सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) तथा Blue Waste to Value जस्ता संस्थासँग सहकार्य गरी खुम्बु क्षेत्रको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना तयार गर्न सहयोग गरेको छ । फोहोरलाई स्रोतबाटै छुट्याउने, संकलन गर्ने, प्रशोधन गर्ने र पुनः प्रयोग वा पुनर्चक्रणका लागि उपयुक्त स्थानमा पठाउने व्यवस्था यस योजनाको मुख्य पक्ष हो ।

३. Carry Me Back अभियान

यस संस्थाको महत्त्वपूर्ण पहलमध्ये Carry Me Back अभियान पनि एक हो। यस अभियानअन्तर्गत खुम्बु क्षेत्र घुम्न आउने पर्यटक, पदयात्री तथा स्थानीय बासिन्दाले फर्कने क्रममा करिब एक किलोग्राम पुनर्चक्रण गर्न मिल्ने फोहोर बोकेर ल्याउन सक्छन् ।

संकलित फोहोर लुक्लासम्म पुर्‍याइन्छ र त्यहाँबाट काठमाडौं पठाएर पुनर्चक्रण गरिन्छ। यसले फोहोर व्यवस्थापनमा पर्यटकलाई समेत प्रत्यक्ष सहभागी गराएको छ ।

फोहोर व्यवस्थापनमा पुर्‍याएको योगदान

सगरमाथा नेक्स्टको Carry Me Back अभियानले फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति ९क्एऋऋ० का अनुसार सन् २०२४ सम्म यस अभियानमा १९ हजार २ जना स्वयंसेवक सहभागी भएका थिए ।

उनीहरूको सहभागितामा माथिल्लो खुम्बु क्षेत्रबाट २७ हजार ४८१ झोला पुनर्चक्रणयोग्य फोहोर लुक्लासम्म पुर्‍याइएको थियो ।

यो उपलब्धिले फोहोर व्यवस्थापन सरकार वा कुनै एउटा संस्थाको मात्र जिम्मेवारी नभई स्थानीय समुदाय, पर्यटक, व्यवसायी र विभिन्न संघसंस्थाको साझा दायित्व हो भन्ने प्रमाणित गरेको छ ।

त्यस्तै, फोहोरबाट कलाकृति तथा नयाँ उत्पादन निर्माण गर्ने अभ्यासले फोहोरको पुनः प्रयोगलाई प्रोत्साहन गरेको छ । यसले फोहोर जलाउने तथा खुला स्थानमा फाल्ने प्रवृत्ति घटाउन जनचेतना फैलाउनुका साथै स्थानीय स्तरमा वातावरणमैत्री सोच विकास गर्न सहयोग पुर्‍याएको छ ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग सम्बन्ध :-

सगरमाथा नेक्स्टले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यमध्ये चारवटा लक्ष्यमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ ।

SDG 6 – स्वच्छ पानी तथा सरसफाइ: स्वच्छ वातावरण र सरसफाइ प्रवर्द्धन गर्ने ।

SDG 12 – जिम्मेवार उपभोग तथा उत्पादन: फोहोर घटाउने, पुनः प्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गर्ने ।

SDG 13 – जलवायु परिवर्तनसम्बन्धी कार्य: वातावरणीय प्रभाव र प्रदूषण न्यूनीकरणमा सहयोग गर्ने ।

SDG 17 – लक्ष्य प्राप्तिका लागि साझेदारी: स्थानीय समुदाय, सरकारी निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने ।

यी लक्ष्यले संस्थाको कामलाई स्थानीय फोहोर व्यवस्थापनमा मात्र सीमित नराखी विश्वव्यापी वातावरण संरक्षण अभियानसँग पनि जोडेको छ ।

चुनौती र आगामी सम्भावना

खुम्बुजस्तो दुर्गम हिमाली क्षेत्रमा फोहोर संकलन र ढुवानी गर्न कठिन भूगोल, उच्च ढुवानी खर्च, सीमित पूर्वाधार तथा मौसमको प्रतिकूलता प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

बढ्दो पर्यटनसँगै फोहोर उत्पादन पनि बढ्ने भएकाले यसको व्यवस्थापनका लागि दीर्घकालीन योजना र सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ ।

सगरमाथा नेक्स्टले स्थानीय होटल, लज, चिया पसल तथा व्यवसायलाई वातावरणमैत्री अभ्यास अपनाउन प्रोत्साहन गर्ने, प्लास्टिकको प्रयोग घटाउने र वैकल्पिक पदमार्गको प्रवर्द्धन गर्ने काममा समेत जोड दिएको छ ।

आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्न सके खुम्बु क्षेत्रलाई दिगो पर्यटनको नमुना क्षेत्र बनाउन सकिने सम्भावना छ ।

निष्कर्ष

सगरमाथा नेक्स्ट फोहोर संकलन गर्ने संस्था मात्र होइन, फोहोरप्रतिको मानिसको सोच परिवर्तन गर्ने एउटा नवीन अभियान पनि हो ।

फोहोरलाई पुनः प्रयोग गरेर उपयोगी सामग्री निर्माण गर्ने, पर्यटकलाई सरसफाइ अभियानमा सहभागी गराउने र स्थानीय संस्थासँग सहकार्य गर्ने यसको प्रयासले वातावरण संरक्षणमा सामूहिक जिम्मेवारीको महत्त्व उजागर गरेको छ ।

सगरमाथा विश्वको सर्वोच्च शिखर मात्र नभई नेपालको प्राकृतिक सम्पदा र पहिचान पनि हो । यसको संरक्षण गर्नु आजको पुस्ताको जिम्मेवारी हो ।

त्यसैले सगरमाथा नेक्स्टले अघि सारेको सोचलाई खुम्बु क्षेत्रमा मात्र सीमित नराखी नेपालका अन्य हिमाली तथा पर्यटकीय क्षेत्रमा पनि विस्तार गर्न सके स्वच्छ, सुन्दर र दिगो पर्यटनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्न सक्छ ।

अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: अर्जुन उप्रेतीपर्यावरणवातावरणसगरमाथा
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे
समाचार

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका–६ स्थित सुकुम्बा गाउँमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार
समाचार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : किताबी ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै उदयपुरको गाईघाटस्थित सगरमाथा मोडेल स्कुलले एकदिने खाद्य महोत्सव आयोजना गरेको छ । त्रियुगा...

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३
चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

मंसिर ११, २०८३
गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

मंसिर ११, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

सप्तकोशीमा पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३
झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1122 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन