बरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार उनीहरू दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामान्य लक्षण देखिएपछि सोमबार आचार्य दम्पतीले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । उनीहरूको रिपोर्ट मंगलबार आएको हो ।
हाल उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आचार्यले फेसबुकमार्फत् दिएका छन् ।
उनीहरूको सम्पर्कमा पुगेका सबैलाई सचेत रहन आचार्यले आग्रह गरेका छन् ।














Discussion about this post