इटहरी उपमहानगरपालिकाको
सङ्क्रमणका कारण बन्द रहेका कार्यालय थप दुइ दिनका लागि बन्द हुने भएको छ । वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालय हाल बन्द रहेको छ ।
कार्यालयका कार्यरत कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि असोज १६ गते देखि बन्द भएको कार्यालय २१ गते अर्थात आज सम्मका लागि बन्द थियो, संक्रमितको संख्या इटहरी क्षेत्रमा तिव्र रुपमा बढ्दै गएपछि थप दुइदिन कार्यालय बन्द हुने भएको छ ।
कन्ट्रयाक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि असोज २३ गते सम्मका लागि वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालयबाट अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने सुचनामा उल्लेख गरिएको छ ।















Discussion about this post