वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलामा उपचारारत इटहरी ६ का एक ६८ वर्षिय र दुहबीका ५२ वर्षिय कोरोना भाइरस संक्रमित पुरूषको आज विहानै मृत्यु भएको छ ।
इटहरीका संक्रमितको आज राती साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनमा असोज २० गते कोरोना पोजिटिभ देखिएको थियो । उनलाई हिजो मात्र कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।
यसैगरि दुहबीका संक्रमितको आज विहान २ बजे मृत्यु भएको सहप्रवक्ता डा श्रेष्ठले जानकारी दिएका छन । उनमा असोज १२ गते कोरोना पोजिटिभ भएपछी सोही दिन कोभिड अस्पतालमा भर्ना गरीएको थियो । संक्रमितहरुमा मृगालाको दीर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ ।












Discussion about this post