तरहराको चौतारी चौकका युवाहरू सामाजिक काममा जुट्न थालेका छन् ।
चौतारी युवा क्लबका अध्यक्ष कमल लिम्बुका अनुसार अाफ्नो टोल आफैँ बनाउँ भन्ने उदेश्यले इटहरी २० र १९ मा पर्ने चौतारी चौकका युवाहरुद्वारा जब्दी रोडमा बिजुलीका अव्यवस्थित तारहरु मिलाउने, रोड मार्किङ, कोभिड १९ को सन्देशमुलक होर्डिङ बोर्ड लगाईएको हो ।
लिम्बुका अनुसार चौतारी युवा क्लवद्वारा चौतारी चौकदेखि जब्दी रोडसम्म रोड मार्किङ, कोभिड १९ सम्बन्धि जनचेतनामुलक ब्यानर लगाईएको हो । यसअघि पनि क्लबले विभिन्न सामाजिक काम गर्दै आएको उनले बताए ।















Discussion about this post