धरानमा आज बिहानै १ सय ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर पर्वेक्षणको दैनिक रिपोर्ट अनुसार धरानमा अहिलेसम्मकै यो उच्च संक्रमित संख्या हो ।
धरान १७ स्थित एन्फा एकेडेमीमा बिहीबार स्वाब संकलन गरिएको र प्रतिष्ठानमा पनि स्वाब लिइएकाहरुको रिपोर्ट आज बिहान आएको हो ।
आज थपिएका संक्रमितहरुमा उपमहानगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, महिला अधिकारकर्मीहरु पनि रहेका छन् ।














Discussion about this post