नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज शनिबार प्रवक्ता डा जागेश्वर गौतमले एकैदिन ५ हजार ८ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योवृद्धिसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा अहिले सम्ममा कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।














Discussion about this post