वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना धरान ८ का छन् भने अरु धनकुटा र दुहबीका रहेका छन् । प्रतिष्ठानका अनुसार धरान ८ का ६२ बर्षीया वृद्धा महिलाको हिजो राती ८ बजे मृत्यु भएको हो । उनलाई असोज २१ गते संक्रमण पुष्टि भएको थियो भने २२ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरि सुनसरीको दुहबीका ६५ बर्षीय वृद्धको पनि आज बिहान ३ बजेर ५० मिनेटमा मृत्यु भएको छ । उनलाई असोज १४ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो भने १५ गते कोभिड पुष्टि भएको थियो ।
यस्तै, धनकुटाकी ६१ बर्षीय वृद्धाको पनि आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको हो । उनलाई असोज १६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने २० गते संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । तीनै जनालाई विभिन्न दीर्घ रोग भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । उनीहरुको शव नियमानुसार व्यवस्थापन भइरहेको छ ।














Discussion about this post