धरानमा थप १ सय ९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती र आज बिहान आएको पिसिआर रिपोर्ट अनुसार थप १ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब परीक्षण गर्दा १ सय ९७ जनामा संक्रमण भएको हो ।
यो सँगै धरानमा कुल संक्रमितहरुको संख्या १ हजार ३ सय ७९ पुगेको छ ।














Discussion about this post