आज धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरानको वडा नं १७ र १८ का छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धरान १८ का ७२ बर्षीय पुरुषको १ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । उनलाई असोज २९ गते संक्रमण पुष्टि भएको थियो भने आजै अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, धरान १७ का ६८ बर्षीय पुरुषको पनि दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो । उनलाई असोज २८ गते संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।















Discussion about this post