नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।
यसैगरि, पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।















Discussion about this post