इटहरी : बिहे गर्न भन्दै भारततर्फ जादैँ गरेकी एक युवतीसहित २ जना सुनसरीको कोशी ब्यारेजबाट पक्राउ परेका छन् ।
आज बुधबार साँझ ईलामको माइ नगरपालिका ३ की १९ बर्षीया मनमाया दर्जी र सप्तरी डाक्नेश्वर १ का २८ बर्षे दीलिपकुमार सन्तलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको बताइएको छ ।
मनमायाले भारतमा विवाह गर्न हिँडेको बयान दिएका छन् । पक्राउ परेका दीलिपकुमारलाई साथीको रुपमा चिनाउदै उनले भारतसम्म पुर्याउन गएको बताएकी छिन् ।
सुनसरी र मोरंगको सीमावर्ती क्षेत्रबाट भारतमा पूजाको लागि भन्दै लैजादैँ गरेको युवतीहरु यसअघि पनि उद्दार गरिएको थियो ।















Discussion about this post