इटहरी : इटहरीमा रहेको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई युवाहरुले बाफ लिने मेसिन सहयोग गरेका छन् ।
सोसियल रिकन्ड्रक्सन फाउन्डेसनका अध्यक्ष समेत रहेका इटहरी १ का राम निरौला, इटहरी १ का वडासदस्य कैलाश कार्की लगायतको नेतृत्वमा युवाहरूले आइसोलेसनमा रहेका संक्रमितहरुलाई बाफ लिने मेसिन सहयोग गरेका हुन् ।
इस्टिम भापोराईजर नामक बाफ लिने मेसिन सहयोग स्वरुप हस्तान्तरण गरिएको निरौलाले बताए ।
उनका अनुसार किरण दाहाल, निकेश खतिवडा, रोहित कटुवाल, कृष्ण लिम्बु, आयुस खतिवडा, लक्ष्मण दाहाल लगायत युवाहरू मिलेर व्यक्तिगत खर्चमा १५ वटा मेसिन सहयोग गरिएको हो ।
अहिलेको विषम परिस्थितिमा सरकारले कोरोना संक्रमितको लागि उचित काम नगरेको भन्दै आँफूहरुले सहयोग गरिएको उनले बताए ।
“धेरै ठूलो काम गर्न नसकेपनि हामीले केही सकारात्मक काम गरौँ भन्ने उदेश्यले यो काम गरिएको हो ।” निरौलाले भने ।
इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले युवाहरुले उक्त काम गर्नु सकारात्मक रहेको बताए । उनले भने, “युवाहरुको नेतृत्वमा संक्रमितका लागि यो काम गर्नु सराहनीय काम हो ।”
इटहरी ९ का वडाध्यक्ष समेत रहेका इटहरी रंगशालामा निर्माण भएको आइसोलेसनका संयोजक भुपेन्द्र बरालले युवाहरूले कोरोना संक्रमितहरुका लागि जोखिमका बाबजुद पनि बाफ लिने मेसिन सहयोग गर्नु महत्त्वपूर्ण काम रहेको बताए ।
“यो काम गर्नु भनेको सकारात्मक सन्देशसँगै युवाहरुका लागि प्रोत्साहन हुने काम पनि हो,” उनले भने, “यो मेसिनले अलिक कठीन भएका बिरामीका लागि सहज हुनेछ ।”













Discussion about this post