सुनसरीमा १३१ सहित प्रदेश १ मा आज थप ४६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमध्ये मोरङमा २६२ जना छन् भने सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको छ ।
मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैँचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, झापाको विर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बा¥हदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, ते¥हथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४६८ पुगेको छ भने हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post