रोट्रयाक्ट क्लव अफ धरान घोपा र रोट्रयाक्ट क्लव अफ भद्रपुरद्वारा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समपन्न गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार स्वस्थ हुनु भनेको सामाजिक, मानसिक र शारीरिक रूपमा सबल हुनु हो । हाम्रो समाजमा मानसिक स्वास्थ्य सम्बन्धि उचित चेतनाको पहुंच नपुगेकै कारण लाखौँ मानिसहरू मानसिक स्वास्थ्य समस्याले ग्रसित छन् भने कैयौंले आत्महत्याको बाटो रोज्न पुगेका छन् ।
मानसिक स्वास्थ्य र यसको हेलचक्राइका कारण बढ्दो आत्महत्या जस्तो जटिल सामाजिक समस्या निर्मूलीकरण गर्नका निम्ति यस रोट्रयाक्ट क्लव अफ धरान घोपा र रोट्रयाक्ट क्लव अफ भद्रपुरको संयुक्त प्रयासमा मानसिक स्वास्थ्य, आत्महत्या र कोभिड १९ ले पारेको नकारात्मक असर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सऱ्चालन गरिएको हो।
कार्यक्रमहरूको संयोजन रोट्रयाक्ट क्लव अफ धरान घोपाका अनिश अधिकारी र कृष्टिना नेपाल तथा रोट्रयाक्ट क्लव अफ भद्रपुरबाट अध्यक्ष गिरीस रत्न शाक्यले गरेका थिए ।
सचेतना कार्यक्रमको वेबिनारमा वक्ताका रूपमा धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा।. सुरेन लिम्बु, वरिष्ठ मनोचिकित्सक डा. आभाष निरौला र कोशी अस्पातालका वरिष्ठ मनोचिकित्सक डा. प्रभात चालिसे रहेको रोट्रयाक्ट क्लब अफ धरान घोपाका जनसम्पर्क अधिकारी रुची आचार्यले बताईन् ।



















Discussion about this post