मोरङको उर्लावारी नगरपालिका ४ आईतवारेमा मोटरसाईकलले ठक्कर दिदाँ एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका २ की ४५ बर्षीया भीम कुमारी पुरी रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी उनलाई उपचारको लागि अरनीको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ, ।
ठक्कर दिने मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।















Discussion about this post