कोरोना संक्रमणका कारण झापाको शिवसताक्षीमा एकैघरका दुई दाजुभाइको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका २ का चूडामणि भट्टराईका दुई छोरा दयाराम र योगेश्वरको कोरोनाका कारण मृत्यु भएको हो।
भट्टराईका चारमध्ये जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणका कारण चार महिनाको अन्तरमा मृत्यु भएको हो।
दयारामको शुक्रबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो। योगेश्वरको भने चार महिनाअघि कतारमा मृत्यु भएको परिवारले जनाएको छ।
कात्तिक १२ कोरोना पोजेटिभ देखिएका दयाराममा निमोनिया देखिएको र सोही कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
उनमा कुनै दीर्घरोगको समस्या नरहेको दयारामका साइँला भाइ रबिनले बताए।
उनले भने, ‘हामी एक वर्षदेखि पारिवारिक पीडामा छौं, पहिले बुवा र त्यसपछि क्रमशः भाइ र आज दाइको मृत्युले गर्दा बढी नै मर्माहत भएका छौं।’
दयारामका कान्छा भाइ योगेश्वरको गत असार १५ गते वैदेशिक रोजगारीका क्रममा कतारमा कोरोनाका कारण मृत्यु भएको थियो। बाबुको मृत्यु भएको एक बर्ष पनि नबित्दै कतारमा उनको मृत्यु भएपछि बार्षिकी समेत रोकिएको थियो ।
बाबु चूडामणिको २०७६ असार २७ गते मृत्यु भएको थियो। दुई छोराको मृत्युपछि उनको वार्षिक तिथिको काम पनि रोकिएको छ।
।














Discussion about this post