झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारी भन्ने ठाउबाट एक लाख मुल्य बराबरको पटका बरामद गरिएको छ ।
ठूलो परिमाणमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका पटकाहरु बरामद गरेको हो ।
लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















Discussion about this post