सिरहाको कर्जन्हा नगरपालिकामा एक आमाले १० महिना सम्म आफ्नो कोखमा राखेर जन्म दिएको छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका–३ स्थित खैराटोलका ४७ वर्षीय राम अवतार साह सोनारले सामान्य घरायसी विवादमा आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहको घाँटी थिचेर हत्या गरेका हुन् ।
छोराले घाँटी थिचेर घाईते भएकी आमाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएको थियो । स्वास्थ्यमा कुनै पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षिक शालिग्राम शर्माले घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने आफ्नै छोरीले आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएका छन् । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको स्थानीयले बताएका छन् ।















Discussion about this post