झापाको मेचीनगर नगरपालिका ७ बाट ठूलो परिणामको अबैध सामान बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी ७ लाख २१ हजार सात सय मूल्य बराबरको अबैध सामानहरु बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post