सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको सार्वजनिक यातायात बन्द यातायात व्यवसायीले नै अटेर गरेका छन् ।
आज आइतबार कार्तिक २३ बाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द गर्ने महासंघको घोषणा यातायात व्यवसायीहरुले नै अटेर गरे
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले आजबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने पत्रकार सम्मेलन गर्दै जनाएको थियो ।
यसैबीच बन्द पनि फिर्ता लिईएको छ । गत बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी गराएपनि बन्द असफल भएसँगै महासंघले फिर्ता लिएको हो ।
केही बिचौलियाहरुले यातायात व्यावसायीहरुको तमाम मागलाई पूरा हुन नदिई व्यावसायी र मजदुरकै अहित नोक्सान हुने गरी व्यवसायी बीच नै चलखेल भएको बताउँदै महासंघले एक विज्ञप्ती जारी गरेर बन्द फिर्ता लिएको हो ।
\
यो पनि – आइतबारबाट प्रदेश १ मा सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द हुने, यस्तो छ कारण














Discussion about this post