सवारी दुर्घटनामा परी इटहरीका एकजनाको उपचारको क्रममा मृत्यु भएकोछ ।
इटहरी १ का शुक्रराज लिम्बूको सवारी दुर्घटनामा परी घाईते भएकामा उपचारका लागि कात्तिक ५ गते विराटनगर अस्पताल पुर्याईएको थियो । अस्पतालमा लिम्बूको उपचार राम्रै भईसकेको थियो । तर, अचानक उनको मृत्यु भएपछि परिवारजन आका्रेशित बनेका छन् ।
पीडित परिवारका अनुसार उपचार सफल भईसकेपछि अस्पतालले लिम्बूलाई डिस्चार्ज दिएर घर जान भनिसकेका थिए । बिरामी राम्रो संग ठिक नभईसकेको भन्दै उनको आफन्तले केही दिन अस्पतालमा राख्ने निधो गरेर अरुपतालमा नै बिरामीलाई राखेका थिए । शुक्रराजलाई अचानक कात्तिक २६ गते बिरामीले च्याप्यो र आईसियुमा पुनः भर्ना गरियो ।
शुक्रराजलाईआईसियुमा भर्ना गरेपछि बिरामीको उपचारमा डाक्टरले कुनै वास्ता नगरेको उनको श्रीमती बिष्णु कुमारी लिम्बूले गुनासो गरेकी छिन् ।
‘मेरो श्रीमान सारो बिरामी भयो डाक्टर साब भनेर मैले डाक्टरलाई जानकारी गराएँ, तर तपाईको बिरामी त्यस्तै हो आत्तिनु पदैन भने पनि श्रीमान गुमाउनु पर्यो विष्णु कुमारीले रुदै बताईन् ।
यता शुक्रराज लिम्बुको उपचारमा संलग्न डाक्टर आर के सिंहले भने के कारणले बिरामीको मृत्यु भयो आँफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
२८ गते शुक्रबार धरान र ईटहरीबाट शुक्रराजका आफन्तहरु अस्पताल पुगेका थिए । अस्पताल पुगेर डाक्टरको टिम र अस्पताल सञ्चालक समितिसंग लामो छलफल कार्यक्रम चल्यो तर निचोड भने आउन सकेको छैन ।












Discussion about this post