धनुषामा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती शाह र उनकी छोरी तीन बर्षीया रिया शाहमाथि सञ्जीव शाहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।
शाह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जीवले आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ ।
एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गरी भागेका उनलाई जनकपुर ४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए ।












Discussion about this post