Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

एकपटक संक्रमण भएपछि पुनः संक्रमण हुन्छ ? अध्ययनले यस्तोे भन्छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०७७
in विविध, समाचार
0
मास्क महँगो गर्‍यो वा लुकायो भने गर्नुस् यो नम्बरमा फोन, दोषीलाई हुनेछ ३ लाख जरिवाना

file foto

147
SHARES
Share on FacebookShare on Twitter

कोरोना महामारीको सुरूमा कसैमा पनि भाइरसविरुद्धको प्रतिरोध क्षमता थिएन । तर, जीवनलाई सामान्य अवस्थामा फर्काउन प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ ।

अध्ययनले कोरोना भाइरसलाई लक्षित गर्नसक्ने एन्टिबडी बनाउन सुरु गर्न करीब १० दिन जति लिने गरेको छ र अन्यको तुलनामा गम्भीर बिरामीले सबभन्दा बलियो प्रतिरक्षा प्रतिक्रिया विकास गर्ने देखिएको छ ।

एन्टिबडीको विकास भएपनि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित हुन सक्ने देखिएको छ ।

हङकङका तथा अमेरिका लगायतका केही ठाउँमा सुरुवात संक्रमणको केही महिनापछि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित भएको रिपोर्ट गरिएको थियो । दुई भाइरसको जेनेटिक कोडलाई अध्ययन गरेपछि पहिलो संक्रमण पुनः बल्झिएकोभन्दा पनि दोस्रो पटक संक्रमित भएको वैज्ञानिकको टोलीले निश्कर्ष निकालेको हो ।

स्वास्थ्य विशेषज्ञ सामान्यतया कोभिड भएका मानिसलाई संक्रमणको विरूद्ध केही प्रतिरक्षा हुनेछ भन्ने विश्वास गर्छन् । तर, लक्षण कम भएका वा नभएकामा प्रतिरोधात्मक क्षमता विकास हुन्छ वा हुँदैन तथा सुरक्षा कति लामो समयसम्म रहन्छ भन्ने थाहा भएको छैन ।

पुनः संक्रमणको केस निकै दुर्लभ हुन्छन् र यो किन हुन सक्छ भनेर बुझ्नका लागि ठूला अध्ययनहरू आवश्यक छन् ।

सार्स कोभ २ को रोग प्रतिरोधक क्षमता कति लामो हुन्छ भनेर जान्नका लागि धेरै समय र अध्ययन भएको छैन, तर त्यहाँ अन्य छवटा मानव कोरोना भाइरस छन् जसले एउटा संकेत दिन सक्छ । छमध्ये चारले सामान्य चिसोका लक्षण देखाउने गर्छन् र प्रतिरक्षा अस्थायी हुन्छ । अध्ययनले देखाएअनुसार केही बिरामी एक वर्षभित्र नै पुनः संक्रमित हुन सक्छ ।

किंग्स कलेज लन्डनमा गरिएको अनुसन्धानले कोरोना भाइरसलाई मार्ने एन्टिबडीहरूको स्तर तीन महिनापछि कम हुँदै गएको देखाएको थियो । साथै, प्रतिरोधक क्षमता हराउँदै जाने भए, यसले खोपका लागि चुनौती निम्त्याउन सक्छ । केही विज्ञका अनुसार हरेक वर्ष खोपको बुस्टर सट लिन आवश्यक पर्न सक्छ ।

एन्टिबडी हराए पनि तिनलाई निर्माण गर्ने बी सेल अझै पनि शरीरभित्रै हुन सक्छ । स्पेनिस फ्लूको बी सेल मानिसमा ९० वर्षपछि पनि फेला परेको छ । यदि कोभिडमा पनि यस्तै भयो भने, दोस्रो संक्रमण पहिलोभन्दा हल्का हुनेछ ।

पहिलो संक्रमणले भविष्यमा हुने संक्रमणबाट बचाउने छ भन्ने ग्यारेन्टी हुँदैन । साथै पुनः संक्रमित व्यक्तिले अरूलाई भाइरस सार्न सक्षम हुनेछन् व छैनन् भन्ने पनि अस्पष्ट छ । त्यसैले, संक्रमणमुक्त भएपनि समाजिक दूरी अपनाउने, मास्क लगाउने, नियमितरुपमा हात धुने, सरसफाइमा ध्यान दिने जस्ता सतर्कता अपनाइरहनु पर्छ ।

कोसीअनलाइनबाट

Tags: #कोरोना#स्वास्थ्य टिप्स
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन
FEATURE BREAKING

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

by रासस
कार्तिक ३, २०८३
0

भोजपुर : दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ...

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    199 shares
    Share 80 Tweet 50
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.