इटहरी : धरानमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नै भवन बनाउने तयारी सुरु गरेको छ ।
धरान उपमहानगरपालिकाले १५ नं. वडामा उपलब्ध गराएको तीन कठ्ठा जग्गामा ट्राफिकले आफ्नै भवन बनाउने सुरु गरेको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्जीव शर्माका अनुसार बर्षौँदेखि भाडामा बस्दै आएको ट्राफिकको पालिकाले जग्गा भोगअधिकारका लागि दिएसँगै आफ्नै भवन बन्न लागेको हो ।
“धरानमा ट्राफिक बस्न थालेदेखि अहिलेसम्म भाडामा बस्दै आएको ट्राफिकको भवन बन्ने काम सुरु गरिएको छ,” शर्माले भने, “ट्राफिक सम्बन्धि सम्पूर्ण काम कारबाही त्यहीँबाट सुरु भएको छ। ”
उनका अनुसार ट्राफिक प्रहरी पनि सोही ठाउँमा बस्न सुरु गरेकाले अबदेखि त्यहीँबाट सम्पूर्ण काम गर्न थालिएको छ ।



















Discussion about this post