बलात्कार गर्ने र उक्त घटनालाई मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जर्बजस्ती करणीको घटना गत भदौ २४ गते साँझ करिब ६ बजे भएको हो ।
उक्त घटनामा पीडित पक्षलाई ५ लाख रुपैँया दिएर गाउँघरमा नै मिलापत्र गराएको अनुसन्धानबाट खुलेको छ । मिलापत्रको कागज पनि प्रहरीले फेला पारेपछि मिलापत्रमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरका प्रवक्ता एवं डीएसपी मानबहादुर राईले जानकारी दिए ।
मोरङ धनपालथान गाउँपालिका वडा नं ५ मा सुरेश खवासले धान खेतमा मल छर्ने क्रममा सुनबर्षी ५ की २१ बर्षीय युवतीलाई जर्बजस्ती करणी गरेका थिए । अभियुक्त ३२ बर्षीय खवास फरार भएका थिए ।
उनलाई प्रहरीले मंसिर १९ गते रंगली बजारबाट पक्राउ गरेको थियो । खवास पक्राउ परेपछि अनुसन्धानको क्रममा उक्त घटनालाई गाउँघरमा नै ५ लाख रुपैँया दिएर मिलापत्र गराएको पनि खुलेको छ ।
बलात्कार घटनालाई मिलापत्र गराउनेहरु धनपालथान ५ का ६५ बर्षीय धनेशु खवास, ५३ बर्षीय सुधार सिंह खवास, ६२ बर्षीय मागन खवास, ६२ बर्षीय कलकनु खवास र बेलबारी नगरपालिका ८ का ५३ बर्षीय मथालु खवास रहेका छन् ।
उनीहरु सबैलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।














Discussion about this post