इटहरी : प्रदेश १ मा आज थप ६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैँचामा २ र रतुवामाईमा १ जना छन् । झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८७९ पुगेको छ ।













Discussion about this post