नेपालमा मङ्गलबार थप ७ सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
यो सँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ५५ हजार दुई सय ३६ पुगेको छ । हाल ७ हजार ७ सय २९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म दुई लाख ४५ हजार सात सय ९ जना निको भइसकेका छन् ।













Discussion about this post