प्रदेश १ मा आज थप ६३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र ते¥हथुममा २–२ र प्रदेश १ बाहिर ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १–१, झापाको मेचीनगरमा २ र दमकमा १, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ ।













Discussion about this post