प्रदेश १ मा आज थप ४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्बुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको दमक र विर्तामोडमा ३–३ जना, गौरादहमा २, कनकाई, बा¥हदशी, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका हुन् । यस्तै, मोरंगको विराटनगरमा ७ जना, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १–१ जना थपिएका छन् ।
सुनसरीको धरानमा ९ जना थपिएका छन् भने इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १–१ जना छन् ।
संखुवासभाको खाँदबारीमा २ जना, भोजपुरको भोजपुरमा १ जना, सोलुखुम्बुको माप्यदुधकोशीमा १ जना र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६१४ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
होमआईसोलेनबाट ३९९ जना डिस्चार्ज भएका छन् भने इलाम अस्पतालबाट ८ जना, विराट मेडिकल कलेजबाट ६ जना र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।
यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७१० पुगेको छ ।













Discussion about this post