प्रदेश १ मा आज थप २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २, सुन्दरहरैँचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७५५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ ।













Discussion about this post