प्रदेश १ मा आज १७६ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको कटहरी र विराटनगरमा ३–३, बुढीगंगा र गौरादहमा २–२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २, झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १–१, सुनसरीको इटहरी, खोटाङको खोटेहाङ र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म संक्रमितको कुल संख्या २९ हजार ७७५ पुगेको छ ।













Discussion about this post