प्रदेश १ मा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै हालसम्म संक्रमतिको संख्या २९ हजार ८४३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५२५ पुगेको छ ।













Discussion about this post