वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना पोजेटिभ देखिएका संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ का १८ बर्षीय किशोर रहेका छन् । उनको आज बिहान कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले जानकारी दिएका छन् ।
मृतकलाई पुष ११ गते कोभिड पुष्टि भएको थियो । उनी सोही दिन प्रतिष्ठानमा भर्ना भएका थिए । मृतकको शव कानुनी प्रक्रिया अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।













Discussion about this post