प्रदेश १ मा आज १९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण हुनेमा मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म संक्रमितको संख्या कुल २९ हजार ९६६ पुगेको छ ।यसमध्ये संक्रिय संक्रमित २९७ जना रहेका छन् ।
आज ५१ जना डिस्चार्ज भएका छन् ।













Discussion about this post