धनकुटा : धनकुटा बजारमा आइतबार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ ।
धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो ।
सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा बिहान करिब ९ः३० बजे ट्याक्टले किचेको हो ।
सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत बहिनी लोजिनालाई लिएर विद्यालय जाँदै गर्दा ट्याक्टरले किचेर रेविकाको मृत्यु भएको हो । घटनाका प्रत्यक्षदर्शी स्थानीय देवान कान्छाका अनुसार ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्रली घोप्टीएर विद्यार्थीलाई लागेको हो ।














Discussion about this post