प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ३० हजार पुगेको छ ।
आज १५ जना नया संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र तेह्रथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र तेह्रथुमको फेदाप १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा गएको २४ घण्टामा ८० जना कोराना सङ्क्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २९ हजार ३२७ पुगेको छ ।












Discussion about this post